साउने संक्रान्तिमा लुतो फालेर मनाइँदै

समाज साउन १ 2077 ekhabarnepal
Luto saune sankranti

काठमाडौं,साउन १ गते  । आज साउने सक्रान्ति अर्थात् साउन महिनाको पहिलो दिन  । असार महिनाभरी धान रोपाइँलगायतका खेतीपातीका काम गरेर थाकेका र काम सकेका किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति मनाउने दिन हो । 
हिलोमाटोमा काम गर्दा विभिन्न छालासम्बन्धी रोग नलागोस् भनेर आज साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलन छ ।
 परम्परानुसार भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ ।

साउन महिना भगवान् शिवको पूजा गरेर पनि मनाइन्छ । महिलाहरुले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन् र साउनको प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा गर्दछन् ।


 

प्राप्त प्रतिकृयाहरू

To Top