सशस्त्रका एसएसपी वलात्कार आरोपमा पक्राउ

समाज असार ३१ 2077 ekhabarnepal
5f0eeeb08964d handcuff

  
कास्की, असार ३१ गते । वलात्कार आरोपमा सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारी बुधबार पक्राउ पर्नुभएको छ ।

लामापाटनस्थित आफ्नै क्वाटरमा बोलाएर एसएसपी अधिकारीले आफूमाथि बलात्कार गरेको पीडित महिलाले प्रहरीलाई फोनमार्फत् जानकारी गराएपछि तत्काल नेपाल प्रहरीको टोलीले अधिकारीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले पीडित महिलालाई स्वास्थ्य जाँचका लागि अस्पताल लगेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार महिलाले आफूमाथि अधिकारीले बलात्कार गरेको जानकारी गराएलगत्तै प्रहरीको टोली सम्बन्धित ठाउँमा पुगेर अधिकारीलाई नियन्त्रणमा लिइएको हो ।

‘पोखराकै एक ठाउँबाट ती महिलाले आफूमाथि बलात्कार भएको भन्दै प्रहरीलाई जानकारी गराएपछि हामी महिलाले भनेको ठाउँमा आइपुगेका छौं, अहिले अधिकारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेका छौं ।’ श्रेष्ठले भन्नुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top