दाउन्नेमा पहिरो ः  पूर्वपश्चिम राजमार्ग अवरुद्ध, कार र ट्रक फसे

समाज असार ३० 2077 ekhabarnepal
Daunne 2

  
बुटवल, असार ३०


पूर्वपश्चिम राजमार्गमा पर्ने दाउन्नेमा अविरल वर्षासँगै पहिरो जाँदा मंगलबार बिहान तीन बजेदेखि नै यातायात ठप्प भएको छ । 

नवलपरासी पूर्वका प्रहरी प्रमुख एसपी दीपक रेग्मीका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ स्थित दाउन्नेमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो।

 

 पहिरोका कारण सडकमा गुड्दै गरेको बा १४ च ७०२० नम्बरको कार र ना ६ ख १५५९ नम्बरको ट्रक फसेका छन्। ट्रक र कारलाई पहिरोसँगै सडकमा ढलेको रुखले थिचेको छ,’ एसपी रेग्मीले भने । तर, मानवीय क्षति भने भएको छैन। 

पहिरो पन्छाउन बिहानैदेखि डोजरको प्रयोग भइरहेको छ । ६ घण्टादेखि सडक अवरुद्ध हुँदा पहिरो खसेको दुबैतर्फ सडकमा सवारी साधनको लामो लाइन लागेको छ।


 

प्राप्त प्रतिकृयाहरू

To Top