भारतीय न्युज च्यानलको प्रसारण बन्द

समाज असार २५ 2077 ekhabarnepal
Indian news chhenel

काठमाडौं, असार २५ । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । वितरकहरुले आज साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेका हुन ।

मेगा म्याक्स टिभी उपाध्यक्ष ध्रुव शर्माका  अनुसार नेपालबिरुद्ध भारतीय न्यूज च्यानल आपत्तिजनक रुपमा प्रस्तुत भएपछि बन्द गर्ने निर्णय भएको हो ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताउनुभयो । शर्माले नेपालमा अव यस्ता न्यूज च्यानलमाथि इन्टरनेटमा पनि प्रतिबन्ध लगाउन माग गर्नुभयो ।

यस अघि आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले नेपालको विषयमा भ्रामक र आपत्तिजनक समाचार सम्प्रेषण गर्ने मिडियामाथि राजनीतिक र कानूनी उपचार खोज्ने जानकारी गराउनु भएको थियो । 
  उहाँले पत्रकार सम्मेलनमा भारतीय मिडियामा नेपालको बिषयमा आएका समाचारको सरकारले भतर््सना गर्ने बताउनु भएको थियो ।

‘सञ्चारमाध्यमहरु, नेपालका वा विदेशका सबैले स्वच्छ, स्वस्थ र पारदर्शी ढंगले समाचार सम्प्रेषण गर्नुपर्छ भन्ने मान्यता सरकारको रहेको वताउँदै  दुर्भावना फैलाउने, चरित्र हत्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको भतर््सना आवश्यक छ । 

भारतीय टिभीबाट प्रसारित समाचारबारे कानूनी उपचार खोज्ने उहाँले बताउनु भयो । ‘हाम्रो राष्ट्र, राष्ट्रियता र नेपालीहरुको स्वाभिमानमा आँच पुर्याउने समाचार सम्प्रेषण नगर्न हामी स्वदेशी र विदेशी सबै मिडियालाई आग्रह गछौं । यसको पछाडि कानूनी उपचार खोज्नुपर्ने कुराहरु पनि हुन्छन । राजनीतिक र कानूनी दुवै उपचार खोज्नुपर्ने हुन्छ, खोजिन्छ,’ प्रवक्ता खतिवडाले भन्नुभएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top