आजदेखि चार दिन भारी वर्षा हुने प्रक्षेपण, चनाखो रहन आग्रह

समाज असार २५ 2077 ekhabarnepal
National desaster center2020 07 06 07 01 262020 07 09 12 21 15

काठमाडौं, असार २५
आज (बिहीबार) देखि तीन दिनसम्म वर्षाको मात्रा निकै बढ्ने मौसमविद्ले अनुमान गरेका छन्।
 दक्षिण भारतीय क्षेत्रमा रहेको मनसुनको न्यून चापीय रेखा उत्तर अर्थात् नेपालतर्फ नजिकिएकाले कम्तीमा अबका तीन दिन लगातार वर्षा हुने सम्भावना देखिएको हो।

गृह मन्त्रालयले बिहीबारदेखि चार दिन भारी वर्षा हुने प्रक्षेपण गर्दै  सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस सोसाइटीलाई ‘अलर्ट’ रहन   र क्षतिबाट जोगिन चनाखो रहन आग्रह गरेको छ । मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सूचना जारी गर्दै २५ देखि २८ असारसम्म यस वर्षको सबैभन्दा धेरै वर्षा हुने अनुमान गरेको छ ।

सम्भावित विपत्तिपछिको उद्धारका लागि ‘अलर्ट’ रहन प्राधिकरणले नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, रेडक्रस सोसाइटीलगायतका निकायलाई पनि आग्रह गरेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा हुन सक्ने भएकाले यस क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढ्न सक्ने प्राधिकरणको अनुमान छ । वर्षाकै कारण पहाडमा पहिरो तथा तराई क्षेत्रमा बाढी र डुबानको खतरा रहेको प्राधिकरणले जनाएको छ ।  ‘पहाडी क्षेत्रको खोलानाला तथा खहरेमा बाढी आउने सम्भावना छ । पहाडको माटो लामो वर्षाका कारण गलिसकेको हुँदा पहिरो जान सक्छ । त्यसैले चनाखो रहन आग्रह गर्दछौँ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोसी, कमला, बागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढी आउन सक्ने प्राधिकरणले जनाएको छ । प्रदेश १ र प्रदेश २ को चुरे, तराई भएर बग्ने खोला तथा नदीमा ठूलो बाढी आउन सक्ने प्राधिकरणको अनुमान छ । त्यस्तै झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पार्सा, रौतहट, चितवनलगायतका जिल्लामा वर्षाकै कारण डुबान हुन सक्ने भएकाले सचेत रहन स्थानीयलाई आग्रह गरिएको छ । 
मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सूचना जारी गर्दै २५ देखि २८ असारसम्म यस वर्षको सबैभन्दा धेरै वर्षा हुने अनुमान गरेको छ ।
न्यून चापीय रेखा खासगरी भारतसँग सीमा जोडिएका नेपालका क्षेत्रमा नजिकिएकाले आगामी तीन दिन विशेषगरी तराईमा व्यापक वर्षा हुने सम्भावना छ।

प्राप्त प्रतिकृयाहरू

To Top