सरिता गिरीलाई कारवाही गर्ने समाजवादीको निर्णय, निर्णय अवैधानिक भएको  दाबी  

राजनीति असार २३ 2077 ekhabarnepal
Samajbadi sarita

  
काठमाडौं, असार २३
संघीय समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने निर्णय गरेको छ।

‘नेपालको संविधान दोस्रो संशोधन विधेयकको सम्बन्धमा सरिता गिरीको अभिव्यक्तिबारे समाजवादी पार्टीको सो निर्णय संसदलाई जानकारी दिइने’ सो पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जनाएका छन्।

पार्टी ह्वीपको उल्लंघन गरेको आरोपमा समाजवादी पार्टीको पदाधिकारी बैठकले उनलाई संसद र पार्टी दुबैमा नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो।

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि जेठ ३१ गते भएको संविधान संशोधनमा गिरीले मतदान बहिष्कार गरेकी थिइन्।

तर संसद बैठक चलिरहँदा बाहिरिएकी सांसद गिरीले सार्वजनिक रुपमा पनि सो नक्सा जारी गर्ने सरकारी निर्णयको बिरोध गरेकी थिइन्।

यसैवीच आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको सांसद सरिता गिरीले दाबी गरेकी छिन्।

पार्टी पदाधिकारी बैठकको निर्णयले उनलाई सांसद र पार्टी सदस्यबाट अनुशासनको कारबाही गरेर हटाएको निर्णय अवैधानिक भएकाले त्यसविरुद्ध अदालत जाने उनले बताइन्।

पार्टीको निर्देशन विपरीत लिम्यिाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीले कारबाही गरेको हो।

प्राप्त प्रतिकृयाहरू

To Top