नेकपाका दोस्रो पुस्ताको नेताहरुको युद्धविराम गर्न अपिल  

राजनीति असार १९ 2077 ekhabarnepal
Cpn

 काठमाडौं ,असार १९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले नै पार्टी विभाजनको संघारमा पुग्न लागेको संकेत दिइरहेकै वखत् दोस्रो पुस्ताका दुवै पक्षका नेताहरु एकै ठाउँमा भेला भएर पार्टी एकता जोगाउनुपर्नेमा जोड दिएका छन् ।
आज शुक्रबार दुबैतिर रहेका दोस्रो पुस्ताका नेताहरुको संयुक्त बैठक बसेर पार्टी एकता जोगाउन जोड दिएका छन् ।  जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, प्रदीप ज्ञवाली, शंकर पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, विष्णु रिमाल र मणि थापा सहभागी बैठकले त्यस प्रकारको कुरामा जोड दिएको हो । 
बैठकले पार्टी एकतालाई हरहालतमा जोगाउन पर्नेमा जोड दिएको छ । यसका लागि युवद्धविराम गरौं भनेका छौं’, एक नेताले भने, ‘अहिले जुन खालको आरोप प्रत्यारोप, ब्लेम गेम भइरहेको छ, त्यसलाई रोकौं ।’
त्यसपछि पार्टीलाई एकतावद्ध बनाउँदै महाधिवेशनतिर लैजाने मोडल खोजी गर्ने नेताहरुले बताएका छन् । यसका लागि अध्यक्षद्धय र अरु नेताहरुको बीचमा पनि सम्वाद गर्नुपर्नेमा दोस्रो पुस्ताका नेताहरुले बताएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top