जवजको कार्यक्रममा युद्ध कार्यनीति मेल खाएन कि ?

राजनीति असार १८ 2077 ekhabarnepal
Bal bhd acharya

बलवहादुर आचार्य
कार्यक्रमलाई सफलतामा पुराउन का लागि कार्यनीतिको महत्वपूणृ भूमिका हुन्छ । कार्यक्रम एउटा कार्यनीति अर्को प्रयोग गर्ने हो भने या त बस्तुको अवस्थामा स्थिरता आउछ या त दुर्घटना नै हुन्छ । 
अहिलेको अवस्था ठिक यस्तै भएको छ । जवजको कार्यनीति शक्ति संचयको कार्यनीति हो शक्ति क्षयको कार्यनीति होइन । शक्ति संचयका लागि विचार र कार्यक्रममा प्रतिष्पर्धा र प्रतिष्पर्धामा श्रेष्ठता यसको मूल चुरो हो । प्रतिष्पर्धामा श्रेष्ठ हुनका लागि कार्यशैली अरुको भन्दा राम्रो गर्नु पर्दछ र राम्रो काम र कार्यशैलीका कारण सहयोद्धा, कार्यकर्ता र जनताको मन जित्नु सकिन्छ । यसको लागि अरुको सम्मान काममा समन्वय, सहयोग र सहकार्य अनिवार्य हुन्छ । यसले कार्यक्षेत्रमा हौसला र प्रोत्साहन हुन्छ र यसले कुनै पनि सस्था प्रति आकर्षण र समर्थन प्राप्त हुन्छ र यसवाट सस्थाले  शक्ति आर्जन गर्दछ । यहि समर्थन सहयोगवाट जननिर्वाचित भई सत्ताको बागडोर प्राप्त हुन्छ र त्यस सत्ताले फेरी विपन्न पछि परेका र दुख पाएका जनतालाई प्राथमिकतामा राख्दै सत्ता संचालन गरिनु पर्दछ र यो चक्र निरन्तर रुपमा चलि रहन्छ । 
मेरो बुझाइमा युद्ध कार्यनीतिमा आफनो फरक मत वा विचार राख्नेहरुलाई खतम गर्ने नभए पराजित गर्ने र उसलाई दमनवाट अगाडी बढदै राज्य संचालन गर्ने हो । यसरी राज्य प्राप्त भए पछि निरन्तर यहि रुपमा शासन संचालन गर्ने । उसमा जनताको वीचमा जाने र अनुमोदन हुने भन्ने सोच तथा कार्यशैली तथा कार्यनीति हुदैन ।
अहिले नेकपामा यहि जवजको कार्यनीति कमजोर बन्दै गएको छ र युद्ध कार्यनीति हावी हुदै गएका कारण समस्याहरु आएका छन । सवै सरकारहरु र पार्टी कमिटीहरुमा यस खालका समस्याका कारण कार्यकर्तामा असन्तोष र जनताहरुवाट आलोचनाहरु देखा पर्न थालेका छन् । तसर्थ कि त कार्यनीति अनुसारको कार्यक्रम बनाउनु पर्यौ होइन भने जवजकै कार्यनीतिका आधारमा अगाडी बढनु पर्यौ । यदि यसो हुन सकेन भने या त अवस्थामा ठहराव आउछ या त दुर्घटना हुन्छ । तसर्थ यदि हाम्रो पारित दस्थाबेजका आधारमा चल्ने हो भने समन्वय। सहयोग र सहकार्यको विकल्प छैन । यहि वाटोमा सवै पार्टी पक्तिलाई अगाडी बढाउ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top