नेकपा एमालेमा २१ पदाधिकारी, चुनाव चिह्न– उदाउँदै गरेको सूर्य (नामावलीसहित)

राजनीति असार १७ 2077 ekhabarnepal

बुटवल, असार १७
नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा परेकाे निवेदनमा २१ जना पदाधिकारी रहेका छन् । निवेदनमा पार्टीको चुनाव चिह्न भने हिमालमा उदाउँदै गरेको घाम राखिएको छ । 

आयोगले १४ असारमा दल दर्ताको निवेदन परेको जनाएको छ । दलको पूरा नाम ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी’ राखिएको छ । नाममा कतै पनि कमा, फुलस्टप नरहेको आयोगको भनाइ छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ताको निवेदनमाथि अध्ययन भइरहेको बताए । आवेदनमा दलको नाम, कार्यसमितिकोे पदाधिकारीहरूको नाम, विधान, घोषणापत्र, विनियमावलीलगायतका कागजातहरू, झण्डा, चिह्न पनि पेस भइसकेको आयोगले जनाएको छ । साथै दलमा आबद्ध हुन आवश्यक पर्ने पाँच सयजना व्यक्तिको हस्ताक्षरसहितको प्रतिबद्धता पनि पेस भइसकेको श्रेष्ठले बताए । 

अध्ययनको क्रममा केही आवश्यक कागजपत्र छुटेको भए सम्बन्धित व्यक्तिहरूसँग माग गरिने श्रेष्ठको भनाइ छ । यो सबै प्रक्रिया पूरा गर्न ४५ दिनको समय उपलब्ध हुन्छ । ४५ दिनभित्र कागजातको भेरिफिकेसन गर्नेलगायत उहाँहरूले कागजातसमेत बुझाउनुपर्छ ।
नेकपा एमाले र माओवादीको पार्टी एकता भएको वर्ष दिन नाघिसकेकाले नेकपा एमाले नामक दल दर्ता गराउन बाटो खुलेको हो । एकता भएको एक वर्ष नपुगेको भए नेकपा एमाले नामक नयाँ दल दर्ताका लागि प्रक्रिया अघि बढाउन नमिल्ने श्रेष्ठ बताउँछन् ।
‘पार्टीको नाम नदोहोरियोस् र कुनै पार्टीको एउटा नाम लिइसकेपछि त्यो नाम अरूले प्रयोग नगरोस् भन्नका लागि एक वर्षको म्याद छ । नेकपा एमाले र माओवादीको एकीकरण भइसकेपछि एकीकरणपूर्वको नाममा एक वर्षसम्म कसैले पनि नयाँ पार्टीका लागि आवेदन गर्ने र दल दर्ता गर्न पाइँदैन । तर, दुवै पार्टी एकीकरण भइसकेको एक वर्षपछि प्रयोग गर्न सक्छन्,’ उनले भने, ‘नेकपा एमाले र माओवादी एकीकरण भएको वर्ष दिन नाघिसकेकाले नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी पार्टीको नाम अरू कसैले दर्ता गर्न सक्छन् ।’
नेकपा एमाले नामक दल दर्ताका लागि आवेदन परेको विषयले नेकपाको मंगलबार बसेको स्थायी समिति बैठकमा चर्चा पाएको थियो ।
सन्ध्या तिवारीले निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्ने आवेदन दिएको भन्नेसूचना पाएपछि त्यसबारेमा पनि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए । 

को को छन् पदाधिकारी तथा सदस्य

\सन्ध्या तिवारी                   — अध्यक्ष, विराटनगर—मोरङ्ग
भगवती खड्का                —उपाध्यक्ष —रामेक्षाप
मनिषकुमार उपाध्याय        —महासचिव — जनकपुर
अस्मिता सुनार                   — सचिव— खोटाङ्ग
दावा लामा                        — सचिव— सर्लाही
जयराम राउत                    —सचिव— रौतहट
खगेन्द्रप्रसाद भुषाल             —सचिव— पर्वत
राधा पुरी                           —   सचिव— अर्घाखाँची
 हिरावहादुर शाही               —  सचिव— डोल्पा
 तारादेवी शाही                   —  सचिव— बाझुरा
पवन विष्ट                           — सदस्य—स्यूचाटार काठमाण्डौ
निलम पोख्रेल                       — सदस्य— झापा
किरण लामिक्षाने                     — सदस्य— गोठाटार, काठमाण्डौ
उमेश महतो                           — सदस्य— सर्लाही
उषाकुमारी झा                          — सदस्य—धनुषा
प्रदीपराज गिरी                          — सदस्य— गोठाटार, काठमाण्डौ
पूर्णिमा तामाङ्ग                           — सदस्य— काभ्रे
निश्चल वस्नेत                               — सदस्य— सिराहा
सञ्जिव विष्ट                               — सदस्य— गोठाटार, काडमाण्डौ
विनिता कार्की                            — सदस्य— छालिङ्ग, भक्तपुर
विमला विष्ट रोका                          — सदस्य— स्युचाटार, काठमाण्डौ

प्राप्त प्रतिकृयाहरू

To Top