कोरोनाविरुद्धको औषधि बनाएको बाबा रामदेवको दाबी

स्वास्थ्य असार ९ 2077 ekhabarnepal
2020 06 23 ramdev

नयाँ दिल्ली,असार ९ । बाबा रामदेवको कम्पनी पतञ्‍जलि आयुर्वेदले कोरोना भाइरसको औषधि बनाएको दाबी गरेको छ । बाबा रामदेवको कम्पनीले बनाएको यस औषधिको नाम 'कोरोनिल' राखिएको छ ।
यो औषधि विभिन्‍न जडिबुटीबाट बनाइएको बताइएको  छ । यस औषधिलाई २८० कोरोना संक्रमितमा परीक्षण गरिएको बताइएको छ । 
यस औषधिले पार्ने असर अथवा संक्रमण ठिक भएको भन्‍ने विषयमा कुनै अन्य पुष्टि भने गरिएको छैन । 
औषधिको प्रयोगबाट ३ देखि १४ दिनसम्म कोरोनाका सबै लक्षण निको पारिएको रामदेवले बताएका छन् ।  
उनका अनुसार दोस्रो चरणमा क्लिनिकल नियन्त्रण परीक्षण गरिएको थियो । यसमा सय मानिस सहभागी गराइएको थियो ।  यस चरणमा तीन दिनमा ६९ प्रतिशत बिरामी निको भएको उनको दाबी छ ।  
औषधि बनाउने क्रममा सबै वैज्ञानिक नियम पालना गरिएको दाबी गरिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top