कोरोना संक्रमण १००९९, २४ घण्टामा ५ सय ३८ जनामा  कोरोना संक्रमण, निधन २४ 

समाज असार ९ 2077 ekhabarnepal
5e92ff0d5dafd 1

काठमाडौँ,असार ९, 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोनाको संक्रमण भेटिएको जनाएको छ ।

मंगलवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिएको बताएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १० हजार ९९ पुगेको छ ।

डाक्टर गौतमले पछिल्लो २४ घण्टामा ७६ संक्रमित निको भएर डिस्चार्ज भएको पनि जानकारी दिए ।

 उनीहरुमध्‍ये २ हजार २ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन्। जसमा मंगलबार मात्रै ७६ जना कोरोनालाई जितेर घर फर्किएका छन्।

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार झापाका १२, सप्तरीका २, सुनसरीका ३, मोरङका २, तेह्रथुमका २, सप्तरीका २०, महोत्तरीका १२, अछामका ७, अर्घाखाँचीका २, बागलुङका १४,  बझाङका २२,  बाजुराका २०, डढेल्धुराका ४,  धादिङका १८, गोर्खाका २९, गुल्मीका ५, कैलालीका ३८, कञ्चनपुरका १७, कास्कीका ८, नवलपरासीका २२ र पर्वतका २२ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै प्यूठानका ५०, रौतहटका १३, रुपन्देहीका ३, सर्लाहीका २, सिराहाका ७, स्याङजाका २२, धनुषाका ३९, लमजुङका ५, तनहुँका ८, पाल्पाका ४८, दाङका १९, सल्यानका ४, सुर्खेतका २३, दैलेखका २२, हुम्लाका १ र कालिकोटमा १ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै नेपालमा मंगलबार थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये ९० जना महिला र ४४८ जना पुरुष छन्।
तीमध्ये ८ जना महिला र ६८ जना पुरुष छन्।

योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार २ सय २४ पुगेको छ। तीमध्ये १८९ जना महिला र २ हजार ३५ जना पुरुष छन्।

प्राप्त प्रतिकृयाहरू

To Top