दुर्गाखोलाको पुल वगाउँदा क्षति

समाज असार ६ 2077 ekhabarnepal
1st

सन्धिखर्क, असार ६

हिजो देखि परेको अबिरल बर्षाका कारण अर्घाखाँचीको  पाणिनि गाउपालिकाको  दुर्गाखोलामा निर्माणाधीन पुलको क्षति भएको छ । 
सालझन्डि सन्धिखर्क ढोरपाटन सडक अन्तरगत दुर्गाखोलामा निर्माण हुन लागेको पुलमा बाढि आएपछि सामानहरु खोलाले बगाएर लैजादा लाखौंको क्षति भएको छ । पुलको काम गर्ने जिम्मेवारी पाएको अर्घाखाँची पुस्पाजेभि का सञ्चालक नारायण प्रसाद बन्जाडेका अनुसार पुलको काम सुरु भएदेखि नै पानीले क्षति पुराउदै आएको   थियो । 


पुलको काम शुरु गर्ने बेलामा लकडाउन भएपछि काम हुन ढिला भएको थियोे अहिले पुलका महत्त्वपूर्ण सामान खोलाले रातिनै बगाएको छ  । पुलमा लगाएका  लाखौका  सामानहरु खोलाले बगाएको ठेकदार बन्जाडेले बताएका छन् ।
 

प्राप्त प्रतिकृयाहरू

To Top