अर्घाखाँचीमा पहिरोले घरगोठ पुर्यो, घरपालुवा जनावरसहित १५ लाखको क्षति 

समाज असार ६ 2077 ekhabarnepal
Safe image

सन्धिखर्क, असार ६
 रातीदेखि आएको अविरल वर्षाले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानीमा गएको पहिरोले घरगोठ भत्काउँदा भैंसी, वाख्रा र नगदसहित १५ लाखभन्दा बढीको क्षति भएको छ । 

नरपानीको जगत निवासी थानबहादुर महत्राको घरगोठ पहिरोले बगाउँदा गोठमा रहेको एउटा लैनो भैंसी दुइवटा बाख्रा, दुई वटा खसी र कोठामा रहेको २ लाख नगद , ८ तोला सुन, लत्ता कपडा तथा खाद्यान्न सबै पुरिएको छ । पहिरोले १५ लाख बराबरको क्षति भएको वडा अध्यक्ष कृष्ण बहादुर आचार्यले बताए ।  

आज बिहानै आएको पहिरोले घरगोठ बगाएको हो । पहिरोका कारण सोही स्थानका अन्य तीन घर पनि जोखिममा छन् । 

 वर्षाका कराण  विभिन्न स्थानमा पहिरो गएपछि गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध भएको छ । सन्धिखर्क नगरपालिकाको नरपानी तथा शितगंगा नगरपालिकाको सितापुर र ठाडाका विभिन्न भागमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताए । 

 

प्राप्त प्रतिकृयाहरू

To Top