अर्घाखाँचीमा आरडिटी पोजेटिभ देखिएका पुरुषले गरे आत्महत्या

स्वास्थ्य असार ३ 2077 ekhabarnepal
5e92ff0d5dafd 1

अर्घाखाँची, ३ । अर्घाखाँचीमा आरडिटी पोजेटिभ देखिएका एक पुरुषले आत्महत्या गरेका छन्। जिल्लाको शितगङगा नगरपालिका वडा नम्बर पाँचका ४३ वर्षीय पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी माधव बुढाथोकीले सल्लेरी खबरलाई बताए ।

जेठ १४ गते उनी भारतको पन्जाबबाट आई सोही वडाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए । आज बिहान क्वारेन्टाइन स्थल नजिकै उनले आत्महत्या गरेका हुन्।

आरडिटी पोजेटिभ देखिएपछि जेठ २४ गते स्वाब सङ्कलन गरी पिसिआर परीक्षणको लागि पठाइएको र नतिजा नआइसकेको डिएसपी बुढाथोकीले उल्लेख गरेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको र पिसिआर रिपोर्ट अनुसार थप कार्य अघि बढ्ने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top