यात्रुलाई क्वारेन्टिनमा लिएर हिँडेको टिपर कर्णालीमा खस्यो : दुईको मृत्यु, ६ बेपत्ता  

समाज जेठ २८ 2077 ekhabarnepal

काठमाडौं, जेठ २८
 
 कालिकोटमा भारततबाट फर्किएका यात्रु लिएर क्वरेन्टिनतर्फ जाँदै गरेको टिपर कर्णाली नदीमा खस्दा २ जनाको मृत्यु हुनका साथै ६ जना बेपत्ता भएका छन्।
बुधबार बिहान कालीकोटको लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा खसेको हो।
सो दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै ६ जना बेपत्ता रहेका रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।
अहिलेसम्म २ जनाको शव निकालिएको छ, ६ जना अझै बेपत्ता हुनुहुन्छ’,  प्रहरी निरीक्षक जोशीले भने।
कर्णालीका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेका अनुसार उक्त टिपरमा ३९ यात्रु रहेका थिए।
प्रजिअ गैरेका अनुसार उनीहरुलाई रासकोट नगरपालिकाले तयार गरेको क्वारेन्टिनतर्फ ल्याईंदै थियो।
अहिले घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई उपचारको लागि सदरमुकाम मान्मातर्फ ल्याइँदैछ।
 

प्राप्त प्रतिकृयाहरू

To Top