तिलोत्तमामा भैंसी फार्ममा काम गर्ने ५ जनाको सामूहिक हत्या

समाज जेठ २७ 2077 ekhabarnepal

बुटवलजेठ २७

रुपन्देहीको तिलोत्तमामा रहेको भैंसी फार्ममा ५ जनाको सामुहिक हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका डिएसपी खड्ग बहादुर खत्रीले फार्ममा काम गर्ने ५ जना कामदारको हत्या भएको पुष्टि गरे ।

 भैसी फार्ममा कामदारबीच झगडा हुुँदा हत्या भएको हो कि भन्ने आशंका छ । 

 घटनाको विस्तृत अवस्था बुझ्न प्रहरी घटनास्थलतर्फ जाँदै छ । मृतकहरु को को हुन् भन्ने खुलेको छैन ।
 

प्राप्त प्रतिकृयाहरू

To Top