३१४ कोरोना संक्रमित थपिए

समाज जेठ २६ 2077 ekhabarnepal
Press brief13

काठमाडौं, जेठ २६
नेपालमा पछिल्लो २४ घण्टामा ३१४ जना कोरोना संक्रमित थपिएका छन। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा कोरोना भाइरस संक्रमित थपिएका हुन्। 

नयाँ कोरोना संक्रमितमध्ये २९४ पुरुष र २०  महिला रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

नेपालमा कुल कोरोना संक्रमितमध्ये ३ हजार २ सय ६० जना आइसोलेसनमा उपचार गराईरहेका छन भने डिस्चार्ज हुनेको संख्या ४८८ पुगेको छ। 

हाल सम्म कुल १ लाख ९ सय ७२ पीसीआर परीक्षण भएको छ भने १ लाख ५६ हजार ९ सय ९१ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६६ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने आरडिटी परीक्षण ११ हजार ९ सय ४२ जनाको गरी कुल १६ हजार ७ सय ८ वटा परीक्षण भएको छ ।

सोमबार देशभर १ लाख ६६ हजार ६ सय ६८ जना क्वारेन्टिनमा रहेका छन भने आइसोलेसनमा रहने विरामीको संख्या ३ हजार २ सय ६० जना रहेका छन् । 
यसैबीच कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 

प्रवक्ता गौतमले स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं. ३ का वर्ष ५८ का एक जना पुरुषको निधन भएको बताए । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top