१५ मिनेटमै फिट गर्न मिल्ने 'आईसोलेट ट्वाईलेट' बजारमा

समाज जेठ २४ 2077 ekhabarnepal
Received 642813129926018

काठमाडौं । कोभिड-१९ का लागि लक्षित गरि जुनसुकै ठाउँमा पनि लैजान मिल्ने आईसोलेट ट्वाइलेट बजारमा आएको छ । 
चीनिया प्राविधिक डिजाइनमा सुन्दर इन्जिनियरिङ प्रालिले उक्त ट्वाइलेट निर्माण गरेको हो । नेपालमै पहिलो पटक निर्माण गरि बजारमा ल्याएको उक्त ट्वाइलेट खासगरी कोभिड-१९ बाट बच्न र सामाजिक दुरी कायम गर्न उपयोगी छ । 
अहिले देशका विभिन्न क्वारेन्टिनमा बसेका धेरै व्यक्तिले एउटै शौचालय प्रयोग गर्नुपर्ने अवस्था छ । यो अवस्थामा आईसोलेट ट्वाइलेट १ देखि ३ जनासम्मले शुरक्षित प्रयोग गर्न मिल्छ । 
सामान्य मानिसले जहाँ पनि लैजान सकिने र १५ मिनेटमै फिट गर्न सकिन्छ । ५ बर्षका बच्चाबच्ची र सबैखाले मानिसका लागि यो ट्वाईलेट उपयोगी छ । त्यस्तै, यो अपांगमैत्री पनि छ । 
हाल देशभरबाट यो ट्वाइलेटको माग बढेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुरले बताए । उनले देशभर ३ हजार थान ट्वाईलेटको माग रहेको बताए । तत्काल आवश्यक परेमा १० हजार थान ट्वाइलेट उपलव्ध हुने उनलेे बताए ।
ट्वाइलेट पोटेबल हुनुका साथै संकलित दिसा ढलमा वा अन्य तरिकाले व्यवस्थापन गर्न सकिन्छ । १० ओटा ट्वाइलेट बराबर २ हजार लिटरको ट्याङ्की जडान गर्न सकिनेछ । 


 

प्राप्त प्रतिकृयाहरू

To Top