काठमाडौं, जेठ ९
शुक्रबार बिहान थप ३० जनामा कोरोनाभाइरसको संक्रमण देखिए पछि संक्रमितको संख्या ४८७ पुगेको छ । आज संक्रमितमध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शुक्रबार थपिएका संक्रमितहरूमा ८ वर्षीया बालिकादेखि ७४ वर्षीय वृद्धसम्म छन् ।
चितवनको भरतपुर महानगरपालिका वार्ड नं. ६ का ७४ वर्षीय पुरूष र ७३ वर्षीया महिला कोरोनाको संक्रमण पुष्टि भएको छ ।
बाँकी संक्रमितहरूमध्ये कपिलवस्तुका ९, नवलपरासी सुस्ताका ३ र नवलपरासी सुस्तापूर्वका एकजना छन्। उनीहरू सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भरतपुर अस्पतालमा परीक्षण गरिएको हो।
खुशीको कुरा आजै बाँकेका पहिलो कोरोना संंक्रमितसहित २१ जना निको भएर घर जाँदै छन् ।
नेपालमा कोरोना संक्रमणबाट अहिेलेसम्म तीन जनाको मृत्यु भएको छ ।
प्राप्त प्रतिकृयाहरू