राधा वाग्ले
यता न उता कति हुने वार कि पार हुनुपर्छ/
उज्यालो हुन शनि होइन रवि बार हुनुपर्छ/
सम्वृद्धि खेलो मेलोले आउन्न सुद्द व्यापार हुनुपर्छ/
दलाली छोडेर आमने सामने कारोवार हुनुपर्छ/
ओइलाउन झर्न त हुँदै भएन सदाबहार हुनुपर्छ/
प्रतिकारले पुग्दैन अब त सिधा प्रहार हुनुपर्छ/
मिसिने मिसिन्छन् छुट्नेलाई नी द्वार हुनुपर्छ /
पस्नेलाई स्वागतको गुच्छा र निस्कनेलाई उपहार हुनुपर्छ /
खराब असल छुट्याउन मिल्ने एउटा दरार हुनुपर्छ/
झिना मसिना सम्झौता भंग गरि सुरु नयाँ करार हुनुपर्छ/
प्राप्त प्रतिकृयाहरू