काठमाडाैं, पुस १
पाकिस्तानको लाहौर हाईकोर्टले पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको मामिलामा मृत्युदण्ड दिने सजाय सुनाएको छ ।
मुशर्रफ अहिले पाकिस्तानमा छैनन् र दुबईमा उपचार गरिरहेका छन् । केही दिन अघि मुशर्रफले जारी गरेको एक भिडियोमा उनले आफ्नो स्वास्थ्य खराब रहेको भन्दै जाँच आयोगलाई आफ्नो स्थिति हेर्न आग्रह गरेका थिए ।
संविधानको अवहेलना र गम्भीर देशद्रोहको मुद्दामा उनले भनेका थिए, 'यो मामिला मेरो विचारमा पूरै निराधार छ, देशद्रोहको कुरा छोड्नुस, मैले देशको सेवा गरेको थिएँ र देशका लागि युद्ध समेत गरेको थिएँ ।'
लाहोर हाइकोर्टको तीन सदस्सीय बेन्चले बहुमतले मुशर्रफलाई मृत्युदण्ड दिने फैसला सुनाएको हो ।
इस्लामावादको विशेष न्यायालयले ३१ मार्च २०१४ मा देशद्रोहको मामिलामा उनलाई अभियुक्त बनाएको थियो । उनी पाकिस्तानका पहिलो व्यक्ति थिए जसको विरुद्ध संविधानको अवहेलनाको मुद्दा चलेको थियो ।
२०१३ को चुनावमा पाकिस्तान मुस्लीम लीग (नवाज शरिफ) सरकारमा आएपछि मुशर्रफविरुद्ध संविधानको अवहेलनामा मुद्दा दायर गरेको थियो ।
पूर्व सैन्य राष्ट्रपतिको विरुद्धमा गम्भीर देशद्रोहको मुद्दा सुनुवाई गर्न विशेष न्यायालयका चार प्रमुखलाई हेरफेर गरिएको थियो ।
त्यसपछि अभियुक्त परवेज मुशर्रफ एकपटकमात्र विशेष न्यायालयमा प्रस्तुत भएका थिए ।
मार्च २०१६ मा स्वास्थ्य खराब भएको भन्दै मुशर्रफ विदेश गए । उनी फर्केपछि तत्कालीन सत्ताधारी पार्टी मुस्लीम लीगले फेरि विदेश जान नपाउने गरी बन्देज लगाएको थियो ।
तर अहिले उनी स्वास्थ्यउपचारका लागि दुबईमा रहेको बेला उनलाई मृत्युदण्ड सुनाइएको छ ।
प्राप्त प्रतिकृयाहरू