एजेन्सी
काठमाण्डौ बैसाख ५,
भ्रष्टाचारको आरोप लागेका पेरूका पूर्व राष्ट्रपति अलान गार्सियाले आत्महत्या गरेका छन् ।
उनलाई प्रहरीले पक्राउ गर्न घर पुगेपछि गार्सियाले गोली हानी आत्महत्या गरेको बिबिसीले जनाएको छ ।टाउकोमा गोली लागी घाईते अवस्थामा भेटीएका गार्सियालाई तुरून्तै राजधानी लिमास्थित अस्पताल लगिएको थियो।पेरूका राष्ट्रपति मार्टिन भिजकार्राले गार्सियाको मृत्यु पुष्टि गरेका हुन् ।गार्सियाको मृत्यु भएको खबरसंगै अस्पताल अगाडि मान्छेहरूको घइचो लागेको थियो।
उनिमाथी ब्राजिलको एक निर्माण कम्पनीबाट घूस लिएको आरोप थियो जुन उनले अस्वीकार गर्दै आएका थिए ।पेरूका गृहमन्त्री कार्लोस मोरानका अनुसार प्रहरी घरमा पुगेपछि तनावमा देखिएका गार्सियाले फोन गर्छु भन्दै कोठामा छिरेर ढोका बन्द गरेका थिए ।उनि कोठामा छिरेको केही मिनेटपछि गोली चलेको आवाज आयो । प्रहरीले ढोका फोडेर हेर्दा गार्सिया कुर्सीमा थिए ।गार्सिया सन् १९८५ देखि १९९० र सन् २००६ देखि २०११ सम्म गरी दुई कार्यकाल पेरूका राष्ट्रपति थिए।
प्राप्त प्रतिकृयाहरू