कपिलवस्तु चैत १०,
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १० नम्बर वडाका अध्यक्ष शकुन्तला भारतीको निधन भएको छ ।
लामो समयदेखि रोगबाट पीडित रहेकी भारतीको शनिबार दिउँसो आफ्नै निवास लालपुरमा निधन भएको हो ।
७६ वर्षीया भारती स्थानिय तहको चुनावमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्ष पदमा विजयी भएकी थिइन ।
छोरा नेपाल बाहिर रहेकोले आज आइतबार मात्र उनको अन्त्यष्टी गरिने पारिवारीक स्रोतले जनाएको छ।
प्राप्त प्रतिकृयाहरू