वाशिङ्टन फागुन २१,
अमेरिकाले भारतलाई दिँदै आएको प्रिफरेन्सीयल ट्रेड स्ट्याटस अन्त्य गर्ने भएको छ ।
सो प्रावधान अन्तर्गत केही भारतीय उत्पादन अमेरिका जाँदा ड्युटी फ्री सुविधा प्राप्त थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत आफ्नो बजारमा अमेरिकालाई पहुँचको बारेमा आश्वस्त पार्न असफल भएको जनाएका छन् ।
भारतले भने अमेरिकाको कदमले आफ्नो अर्थतन्त्रमा न्यून मात्रै प्रभाव पर्ने जनाएको छ । अमेरिकाले भारतसँगै टर्कीलाई दिँदै आएको सो सुविधा पनि हटाएको छ । टर्की आफ्नो मापदण्डमा क्वालिफाइ नभएको अमेरिकाले जनाएको छ ।
(बीबीसी)
प्राप्त प्रतिकृयाहरू