"गोर्खाली छोरी"
रिता काफ्ले ।
"आमा भन्छिन
तिम्रो गहमा आँशु सुहाउदैन छोरी "
तिमी त नेपालि गोर्खालीको छोरी ,
एक नेपालि रुदा, तिम्रो हासो कदापि खुल्नु हुदैन ।।
जोगाउनुपर्छ निजी स्वाभिमान,
अनि राष्ट्र्यिता तिमीले भुुल्नु हुदैन
तिमी त नेपालि गोर्खालीको छोरी ,
अन्याय र अशान्तिमै पनि,
जिवन चलिहाल्छ भनि सोच्न ुहुदैन ।।
देशको मुहार फेर्नलाई,
कलम अनि तरबार पनि धारिलो बनाउ
पिडामै रमाउन बाध्य यि नेपालिलाई
आलो घाउमा घोच्नुहुदैन ।।।।
तिमी त नेपालि गोर्खालीको छोरी ,
आफूमा भएको ज्ञान बाड तिमी,
आफू भित्र मात्र पोस्नु हुदैन ।।
शुसासन अनि जन शासन भित्राउन
सबैलाई निम्तो गर आज
असफ बनैली फेरी ,एक्लै
अरिङगालको पोलोमा आगो ठोस्नु हुदैन ।।।।
तिमी त नेपालि गोर्खालीको छोरी ,
कदम सधैँ अगाडि बढाइराख,
पछाडि पाईला हटाउनु हुदैन ।।
सारा नेपालिलाई एउटै मालामा
गाँस्न सकुँ अठोट गर तिमी
'बिचरा भन्दै जरा खन्दै'गर्नेहरुलाई
देशको सिमानामा टसाउनु हुदैन।।।।
प्राप्त प्रतिकृयाहरू