रिता काफ्ले ।
"शासन"
"कि त अब आफै जल्नु पर्ने भो,
कि त भने ढल्नु पर्ने भो"
गुलाफको फूल त फक्रियो तर के गर्नु वासनानै छैन
सङघियताको सरकार छ तर के गर्नु उचित शासननै छैन
"कि त अब आफै जल्नु पर्ने भो,
कि त भने ढल्नु पर्ने भो"
पिडितका कुरा सम्बोधन गरिन्छ तर बिडम्बना पत्रमा मात्र
अन्यायमा झेलिएका लाखौँ छन तर म बने नमुनाको पात्र
"कि त अब आफै जल्नु पर्ने भो,
कि त भने ढल्नु पर्ने भो"
'मान्छेले मान्छेको सिकार गरेपछि सुन्थे कलिको अन्त्य हुन्छ'
नियाल्न सक्छौ तिमी स्वाधिनतले रमेको नेपालि कुन छ ?
"कि त अब आफै जल्नु पर्ने भो,
कि त भने ढल्नु पर्ने भो"
छैन कोई राजि खुसी अन्याय अनि गरिबिले छ सताएको
छैन उचित शाशन तर भन्छौ 'नेपाल देश शतीले लत्याएको'
"कि त अब आफै जल्नु पर्ने भो,
कि त भने ढल्नु पर्ने भो"
आखाँ त रहेछ तर त्यसको के अर्थ मोतिविन्दुले नष्टाएको
सोच्दछु नेपालको भविष्य के होला? बिचरा रातोे मलले फस्टाएको
प्राप्त प्रतिकृयाहरू