विभिन्न संस्थाहरुले उनलाई विश्व सुन्दरी हुनसक्ने क्षमता भएकी नारीका रुपमा र्याङ्कीङ तथा चित्रण समेत गरिसकेको छ । वि.सं. २०७३–७४ को कलेज टपरका रुपमा आर्किटेक्टमा सफल भएकी श्रृङ्खलालाई भोट गर्न समेत उनले सामाजिक सञ्जाल मार्फत आग्रह गरेकी छिन् । उनी भोटिङमा समेत नम्बर १ मा रहन सफल भएकी छिन् । उनलाई मल्टी मिडिया अवार्ड जिताउन सकिए सिधै सेमिफाईनलमा पुग्ने बताइएको छ । श्रृङ्खलाले १ सय २१ देशका सुन्दरीहरुलाई समेत पछि पारेकी छिन् । प्रतिस्पर्धामा विश्वका १२१ देशका सुन्दरीहरुको सहभागिता छ । इभेन्ट सन् २०१८ डिसेम्बर ८ मा हुन लागेका बुझिएको छ ।
कसरी गर्ने त उनलाई भोट ?
१. मोबस्टार एप मोबाईलमा डाउनलोड गर्नुहोस् ।
२. गुगल वा फेसबुक वा अन्य कुनै सामाजिक सञ्जाल मार्फत लग ईन गर्नुहोस् ।
३. अब अङ्ग्रेजीमा श्रृङ्खला खतिवडाटाईप गरेर खोज्नुहोस् ।
४. अब निलो टिक (आइओएसमा पहेँलो) सहितको उनको प्रोफाईल देखिन्छ, उनलाई फलो गरीसकेपछि त्यहाँ पोष्ट हुने हरेक पोष्टलाई बायाँबाट दायाँ स्वाईप गर्नुहोस् जसको अर्थ उनलाई भोट गर्नु हो । उनको प्रोफाईललाई हरेक दिन हेर्नुहोस् र नयाँ पोष्टमा त्यसै गरी भोट गर्नुहोस् । हरेक पोष्टमा कमेन्ट गर्नुहोस् र आफ्नो आफन्तलाई समेत भोटको लागि अपिल गर्नुहोस् । उनको पोष्टमा गरिएको स्वाईप र कमेन्टलाई भोटका रुपमा गनिन्छ ।
नझुक्कीनुहोस् उनको नाममा अन्य प्रोफाईलहरु पनि छन् तर उनको प्रोफाईलमा निलो टिक लगाइएको देखिन्छ ।
प्राप्त प्रतिकृयाहरू