"अन्मिदैछौ चेली"
रिता काफ्ले ।
"माइतीको माया मनमा थिग्राउन जान्नुपर्छ अब
फेरिएको 'थर अनि नाता'लाई प्यारो ठान्नुपर्छ अब" ।।
मेरो काखमा छोरी थियौ पराईले बुहारी भन्छन अरे
पतिलाई शिरमा राख्नु अनि इज्जतको ख्याल गरे
माइतीको माया मनमा थिग्राउन जान्नुपर्छ अब
फेरिएको 'थर अनि नाता'लाई प्यारो ठान्नुपर्छ अब।।
अन्जानमा माफै माग्दै सिक्नु है घर चलाउनलाई
सोझो बाटो पैलाई हिडनु सपना साकार बनाउनलाई
माइतीको माया मनमा थिग्राउन जान्नुपर्छ अब
फेरिएको 'थर अनि नाता'लाई प्यारो ठान्नुपर्छ अब।।
अर्थाएकी थिए हाम्रो सस्कार मान्यजनको पूजा गर्नु
'हाहा लाई हैसे' गर्दै जिम्मेवारी लिई अघि सर्नु
माइतीको माया मनमा थिग्राउन जान्नुपर्छ अब
फेरिएको 'थर अनि नाता'लाई प्यारो ठान्नुपर्छ अब।।
ब्यबहार गर्नालान कतै होच्चाएर निडर बनी कुरा गर्नु
पढेर अब्बल बनेकी छौ छोरी अन्यायमा न पर्नु
माइतीको माया मनमा थिग्राउन जान्नुपर्छ अब
फेरिएको 'थर अनि नाता'लाई प्यारो ठान्नुपर्छ अब।।
माया बाडन पुग्छ छोरी बराबरी माया साची राख्नु
छोरी समान नमान्लान कतै बुहारी हुं भन्ने भावना राख्नु
माइतीको माया मनमा थिग्राउन जान्नुपर्छ अब
फेरिएको 'थर अनि नाता'लाई प्यारो ठान्नुपर्छ अब।।
नारीनै हो सृष्टिको कर्ता आफूलाई भाग्यमानी ठान्नु
सबैलाई खुसी पारि नयाँ घरको मर्यादा धान्नु
माइतीको माया मनमा थिग्राउन जान्नुपर्छ अब
फेरिएको 'थर अनि नाता'लाई प्यारो ठान्नुपर्छ अब ।।
प्राप्त प्रतिकृयाहरू