हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु 

विश्व साउन १९ २०७५ ekhabarnepal
Screenshot 20171217 141715

साउन १९, 
 रुसमा एम अाई-८ हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । क्रास्नोयार्स्क क्षेत्रमा भएको दुर्घटनामा चालक दलका तीन जना सदस्यसहित १५ यात्रुको ज्यान गएको रुसी समाचार संस्था तासले जनाएको छ ।

दुर्घटनाग्रस्त हेलिकप्टर उतेएर एयरलाइन्सले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गर्दै आएको थियो । विमानस्थलबाट उड्नेिबत्तिकै हेलिकप्टर दुर्घटनामा परेकाे तासले जनाएकाे छ ।

घटनाकाे विस्तृत विवरण अाउनै बाँकी रहेकाे छ । एजेन्सी

प्राप्त प्रतिकृयाहरू

To Top