बेईजिङ १०, साउन
बेईजिङमा रहेको अमेरिकी दूतावासको नजिकै विष्फोट भएको छ । विष्फोट भएको सीएनएनले पुष्टि गरेको हो ।सीएनएनका अनुसार स्थानियहरुले विस्फोटको आवाज सुनेका थिए । दूतावासको वरिपरिको क्षेत्रबाट सेतो धुवाँको ठूलो बादल उडेको समेत देखिएको छ। बेइजिङमा रहेको अमेरिकी दूतावास संसारकै सबैभन्दा सुरक्षित स्थल मध्ये एक मानिन्छ । विष्फोटबारे थप जानकारी आउन बाँकी छ ।
प्राप्त प्रतिकृयाहरू