अमेरिकी राष्ट्रपति ट्रम्प र रुसका राष्ट्रपति पुटिनबीच निरन्तर 'प्रभावकारि सम्पर्क' 

विश्व साउन ९ २०७५ ekhabarnepal
Trump putin 556564465

मस्को साउन ९, 
 रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच निरन्तर “उपयोगी सम्पर्क” भइरहेको छ । यसअघि भएको दुई नेताको शिखर वार्ताका क्रममा निरन्तर सम्पर्कमा रहने सहमति भएबमोजिम उहाँहरू सम्पर्कमा रहिरहनु भएको फ्रान्सको प्रमुख प्रशासनीक केन्द्रका अधिकारीहरूले बताएका छन् । 

रुस र अमेरिकाका बीचमा रहेको कूटनीतिक चिसोपन कम गर्न यस्ता भेटघाट र वार्ताहरूले सहयोग पुग्ने विश्वास गरिएको छ ।  र ट्रम्पको शिखर सम्मेलन गत हप्तामात्रै फिनल्याण्डको हेल्सिन्कीमा भएको थियो । सम्मेलनमा ट्रम्पको भूमिकालाई लिएर कतिपय उहाँकै सुभेच्छुकहरूले चर्को आलोचना गरेका थिए । 

यसै वर्षको अन्त्य तिर अमेरिकाको वासिङटनमा दुई नेताको अर्को शिखर बैठक गर्ने सहमति पनि भएको जनाइएको छ । तर दुवैतर्फबाट यसका लागि कुनै तयारी भने नभएको अधिकारीहरूले जनाएका छन् । 
रासस 

प्राप्त प्रतिकृयाहरू

To Top