भारतीय प्रधानमन्त्री मोदीको चार वर्ष सम्मको जम्मा भ्रमण खर्च " ४ सय ८४ करोड" 

विश्व साउन ५ २०७५ ekhabarnepal
Pm modi14111

काठमाडौं साउन ५, 
भारतीय प्रधानमन्त्री नरेन्द मोदीले चार वर्षमा विभिन्न विदेशयात्राका क्रममा एक हजार चार सय ८४ करोड रुपैयाँ खर्च भएको छ । यसमा चार्टड विमान, विमान पार्किङ तथा अन्य सुविधाहरु रहेका छन् । बिहीबार भारतीय राज्यसभामा जनरल (सेवानिवृत्त) बीके सिंहले यसबारेमा जानकारी दिएका हुन् ।

बिजनेस टुडेका अनुसार प्रधानमन्त्री मोदीको विदेश भ्रमणका क्रममा एक हजार ८८ करोड त विमान पार्किङमा मात्रै खर्च भएको जनाइएको छ । साथै १५ जुन २०१४ देखि १० जुन २०१८ सम्म गरिएका विभिन्न विदेश भ्रमणमा चार्टड उडानका लागि तीन सय ८७ करोड भारतीय रुपैयाँ खर्च भएको जनाइएको छ । त्यस्तै हटलाइन लगायतका अन्य सुविधाका लागि ९ करोड खर्च भएको छ ।

प्रधानमन्त्रीको शपथ लिएसँगै मोदीले ४२ यात्रामा ८४ देशको भ्रमण गरेको बताइएको छ ।बीके सिंहका अनुसार प्रधानमन्त्री मोदीले सबैभन्दा बढी २०१५–१६ मा २४ देशको भ्रमण गरेका छन् । त्यस्तै उनले २०१६–१७ मा १९ र २०१७–१८ मा १८ देशको भ्रमण गरेका छन् ।

प्रधानमन्त्री भएसँगै मोदीले सबैभन्दा पहिलो विदेश भ्रमण भुटानको गरेका थिए भने अन्तिम विदेश यात्राका रुपमा गएको महिना चीन गएका थिए । बीके सिंहका अनुसार प्रधानमन्त्री मोदीको विदेश भ्रमणले विभिन्न देशसँगको कुटनैतिक सम्बन्ध विस्तार हुनुका साथै व्यापार तथा अर्थतन्त्रमा फाइदा पुगेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top