अमेरिकाका पूर्वराष्ट्रपति ओबामा केन्या भ्रमणमा 

विश्व असार ३२ २०७५ ekhabarnepal
888%e0%a4%ac%e0%a4%b0%e0%a4%be%e0%a4%95 %e0%a4%93%e0%a4%ac%e0%a4%be%e0%a4%ae%e0%a4%be1245

नैरोबी ३२, असार 
 अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा निजी भ्रमणका लागि केन्या आइपुग्नु भएको छ । दुईदिने भ्रमणका लागि उहाँ आइतबार केन्याको राजधानी नैरोबी आइपुग्नु भएको अधिकारीहरुले जनाएका छन् ।नैरोबी आएपछि ओबामाले आफ्नी बहिनी औमा ओबामालाई लिएर केन्याका राष्ट्रपति उहुरु केन्याटालाई भेट्न जानु भएको थियो । 

केन्यामा रहेका बेला अमेरिकी पूर्वराष्ट्रपति ओबामाले विपक्षी दलका नेता राइला ओडिङ्गालाई पनि भेट्नुहुने अपेक्षा गरिएको छ । केन्यामा आफ्नी बहिनीले स्थापना गरेको एउटा सामाजिक संस्थाको कार्यक्रमकालागि ओबामा केन्या आउनु भएको जनाइएको छ । 

उहाँको संस्थाले राष्ट्रपति ओबामा फाउण्डेसनले झै शैक्षिक र आर्थिक अवसर जुटाइदिन सहयोग पुर्याउने काम गर्ने समाचारमा उल्लेख छ । 

रासस/

प्राप्त प्रतिकृयाहरू

To Top