चैत्र २५,
कृष्णसार (कालो हरिण) मारेको आरोपमा जेल गएका बलिउड अभिनेता सलमान खान शनिबार जेलबाट रिहा भएका छन् । सलमान मुम्बई पुग्ने बित्तिकै बलिउड अभिनेत्री कटरीना कैफ उनलाई भेट्न घरमै पुगेकी छिन् ।
भारतीय सञ्चार माध्यमका अनुसार सलमान शनिबार राति सवा आठ बजे मुम्बईमा रहेको घर (ग्यालेक्सी अपार्टमेन्ट) पुगेका थिए । त्यसको एक घण्टापछि कटरीना सलमानलाई भेट्न ग्यालेक्सी अपार्टमेन्ट पुगेकी थिइन् ।
उनीसँगै सलमानलाई भेट्न कटरिनाका अलावा डेजी शाह, मलाईका अरोडा, हुमा कुरेसी, ज्याकलिन फर्नान्डीज, बरुण धवन, बबी देवलसहितका कयौं बलिउडकर्मी सलमानलाई भेट्न पुगेका थिए ।
सलमान जेलबाट छुटेपछि उनका फ्यानहरु पनि सलमानलाई निकै नै व्यग्र भएर उनको घर अगाडी कुरिरहेका थिए । सलमानले उनका शुभचिन्तक तथा फ्यानहरुलाई उनी बस्ने अपार्टमेन्टबाट अभिवादन गरेका थिए । सलमानका साथीहरुले उनको रिहाईमा खुसी मनाएका छन् ।
प्राप्त प्रतिकृयाहरू