चैत्र २२, बीस वर्ष पुरानो कालो हरिण शिकार मुद्दामा जोधपुरको चीफ जुडिसियल मजिस्ट्रेट कोर्टले सलमान खानलाई दोषी ठहर्याएको छ ।
सलमानलाई पाँच वर्षको कैद सजाय सुनाइएको छ भने १० हजार भारु जरिवाना लगाइएको छ ।
यो मुद्दामा अन्य आरोपित सैफ अली खान, तब्बु, सोनाली बेन्द्रे र नीलमले सन्देहको लाभमा सफाइ पाएका छन् ।
पेशीका लागि बुधवार यी सबै अभिनेता जोधपुर पुगेका थिए ।
सन् १९९८ मा सलमान र उनका साथीहरूले 'हम साथ साथ हैं' फिल्मको शूटिङका क्रममा जोधपुरमा दुई चिंकारा र तीन कालो हरिणको शिकार गरेका थिए ।
प्राप्त प्रतिकृयाहरू