काठमाडौं चैत ९ ,
सिरहाको लहान नगरपालिकामा बम विष्फोट हुँदा ६ जना घाइते भएका छन् ।
स्थानीय विकास सारडाको सुन चाँदी पसलमा बम विष्फोट हुँदा ६ जना घाइते भएका हुन् ।
उनीहरुको स्थानीय सप्तऋषि हस्पिटलमा उपचार भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले अनलाइनखबरलाई बताए ।
सारडाको पसलमा सुन किन्न आउने एक युवकले ल्याएर राखेको सामान उनी गएको केही समयपछि विष्फोट भएको प्रहरीको भनाइ छ ।
ती युवक गएको केही समयपछि विष्फोटन भएकाले ‘टाइम बम’ हुन सक्ने आशंका प्रहरीको छ ।
प्राप्त प्रतिकृयाहरू