अफ्रिकी मुलुक बुर्किना फासोमा भएको आतंककारी आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।बुर्किना फासोको राजधानी औगादोगुमा रहेको फ्रान्सेली दूतावास र सैन्य मुल्यालयलाई लक्षित गर्दै गरिएको आक्रमणमा ८ सुरक्षाकर्मी र ८ आक्रमणकारी गरी १६ जनाको मृत्यु भएको छ ।
घटनामा सर्वसाधारणसहित ८० जना घाइते भएका छन् । बुर्किना फासोका सुरक्षामन्त्री क्लेमेन्ट सावाडोगोले सैन्य मुख्यालयमा क्षेत्रीय आतंकवाद नियन्त्रणसम्बन्धी बैठक भइरहेका बेला आत्मघाती कार बम आक्रमण भएको बताउनु भएको छ ।
आक्रमणबाट सैनिक मुख्यालयमा केही क्षति भएको छ । फ्रान्सका विदेशमन्त्री जेन–एभ्स–ले ड्रायनले पनि यो आतंककारी घटना नै भएको उल्लेख गदै घटनामा संलग्नहरुको तत्काल पहिचान गरिने बताउनु भएको छ । बुर्किनाफासोमा दुई वर्षभित्र भएको यो तेस्रो आतंककारी आक्रमण हो । यसअघिका दुई वटा घटनामा इस्लामिक अतिवादी समूहको संलग्नता रहेको खुलासा भएको थियो । एजेन्सी
प्राप्त प्रतिकृयाहरू