अर्जेन्टिनाको सुरक्षा मन्त्रालयले कोकेन युरोपमा तस्करी गर्ने रूसी राजदूतावासको कुरियर सेवाको योजना विफल बनाइदिएको जनाएको छ।प्रहरीले रूसी राजदूतबाट प्राप्त जानकारी अनुसार राजदूतावाससँग जोडिएको परिसरबाट ४ सय केजी कोकेन जफत गरेको थियो।
त्यसपछि उनीहरूले एउटा गोप्य कारबाही अघि बढाएका थिए जसमा लागू पदार्थको सट्टा पिठो र निगरानी गर्ने उपकरण राखिएको थियो।उक्त अनुसन्धान अन्तर्गत अर्जेन्टिना र रूसमा गिरफ्तारीहरू गरिएको जनाइएको छ।
अर्जेन्टिनाको सुरक्षा मामिला मन्त्री प्याट्रिसिया बुलरिचले ब्युएनोस आएरेस स्थित दूतावासमा जफत गरिएको कोकेन एकदमै शुद्ध रहेको र त्यसको मूल्य ५ करोड यूरो भएको जानकारी दिइन्।उनले उक्त कोकेन रूस र सम्भवत जर्मनीमा पनि पठाउन लागिएको उल्लेख गरिन्।
उक्त तस्करीका सन्दिग्ध नाइके जर्मनीमा रहेको र जर्मन प्रहरीले उनलाई पक्राउ गर्ने अपेक्षा आफूले गरेको पनि बताइन्।उक्त तस्करीलाई लिएर अर्जेन्टिनामा दुई र रूसमा तीन जना पक्राउ परेका छन्।रूसी सुरक्षा अधिकारीहरूले अनुसन्धानमा मद्दत गरेका थिए र अर्जेन्टिनामा पक्राउ गरिएका एक जना व्यक्ति बहालवाला प्रहरी अधिकारीहरू हुन्।
प्राप्त प्रतिकृयाहरू