"कोपिला"
काडाँको बिचमा मुस्कुराउने गर्छु म , चारैतिर मेरै चर्चा गरेको देख्छु ।
गुम्सिएका हुन्छन् अथाहा पिडाहरु के थाहाँ हेर्नेलाई ,कति दु:ख खेप्छु ।।
लुकेको त्यो सुवास छर्छु जताततै सुगन्धले अवश्य मग्न बन्नेछौ तिमी ।
आज पनि कदम चालिरहेकी छु अभाव र सङघर्षलाइ बनाई सङगिनी ।।
जिउन त मैले कहाँ जानेकी थिए ? समय अब्बल रहेछ सिकायो आज ।
अल्झिन्छु यात्रामै थकित बन्छु पल पलमा सङघर्षले गर्दिन्छ मसाज ।।
जिवनलेनै सिकायो यस्तो पाठ दु:ख लाइ सधै आफनो सहयात्री सम्झिनु।
फूल पनि ओइलिएर झर्ला तर तिमी कर्मठ बनि फक्रियरै तम्किनु ।।
तिम्रो गतिमा समय चल्दैन कहिल्यै सधै पाइला चाल्नु समय अनुसार ।
फूलले देख्दछ फूलैको सँसार अनि पापीले ठान्दछ पापको हो यो सँसार ।।
आकाशमै हुन्छन नौँ लाख तारा तर, औसीको अन्धकार रातमा भेटदिन ।
समयले धक्का दिलाउला अपसोच,आफूप्रतिको विश्वास कदापि मेटदिन ।।
म कोपिला हँु फूल्नेछु अवश्य एकदिन तर पर्ख केहि समय लाग्नेछ ।
म यस्तो सुनैलो बिहानी बन्नेछु एकदिन यो देशले मेरो चाहा गर्नेछ ।।
रीता काफ्ले
प्राप्त प्रतिकृयाहरू