काठमाडौं माघ २४,
दर्शक तथा स्रोताले मन पराउने गीत सिर्जना गरेको भन्दै चलचित्र ‘कान्छी’ को निर्माण युनिटले गीतकार, संगीतकार तथा गायक राजनराज शिवाकोटीलाई मोटरसाइकल उपहार दिएको छ ।
चलचित्र ‘कान्छी’ को ‘चरी चट्ट परी भुरुरु...’ बोलको गीतले युट्युबमा एक करोडधन्दा धेरै भ्युज प्राप्त गरेको उपलक्ष्यमा ‘कान्छी’ को निर्माण युनिटले मंगलबार साँझ ‘कान्छी नाइट बिशेष’ कार्यक्रम आयोजना गरी राजनराजलाई रमन मोटर्सको रनर बाइक उपहार स्वरुप प्रदान गरेको हो ।
मोटरसाइकलका चाबी ग्रहण गर्दै राजनराजले दर्शक तथा स्रोताको मायाँका कारण आफूलाई सांगीतिक क्षेत्रमा काम गर्न अझै धरै हौसला मिलेको बताए । आकाश अधिकारीले निर्देशन गरेको चलचित्रमा स्वेता खड्का, दयाहाङ राई, भूमिका श्रेष्ठ, अशान्त शर्मा, कामेश्वर चौरासिया, अनु शाह लिायतका कलाकार मुख्य भूमिकामा छन् ।
स्वेता खड्का स्वयमको निर्माण चलचित्र ‘कान्छी’ फागुन ४ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।
प्राप्त प्रतिकृयाहरू