बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान फिल्म ‘धुम–४’को हिरो

मनोरञ्जन माघ १७ २०७४ ekhabarnepal
Shahrukh khan


मुम्बई । एजेन्सी– लन्डनमा फिल्मसम्बन्धी अध्ययन गरिरहेका बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान पनि अब फिल्ममा आउने भएका छन् ।

आर्यन खान नायकका रूपमा फिल्म ‘धुम–४’मा देखीने भएका हुन्।यसअघि फिल्म निर्माणमा आफ्ना बुबा शाहरूख खानलाई सघाउँदै आएका उनले केही सर्ट फिल्मको सहनिर्देशन पनि गरिसकेका छन् ।

यसका लागि यशराज फिल्म्सले शाहरूखसँग अनुमति पनि लिइसकेको छ । केही महिनामा आफ्नो पढाइ सकेर आर्यन मुम्बई फर्कनेछन् ।

अहिले धुम–४ को स्क्रिप्टको काम हुँदै छ । निर्माता उदय चोपडाका अनुसार यसै वर्ष फिल्म धुम–४ को निर्माण हुनेछ । अघिल्ला सिक्वेलका केही कलाकार यसमा रहनेछन् ।

प्राप्त प्रतिकृयाहरू

To Top