‘दुई थोपा हाँसो’को साथमा गजुरेल विदेश जादै

मनोरञ्जन माघ १५ २०७४ ekhabarnepal
159673656

 

काठमाडौं माघ १५,

 हाँस्य कलाकार मनोज गजुरेल युएई, कतार र मलेसिया यात्रामा जाने भएका छन् । सिस्नुपानी नेपाल र गैर आवासीय नेपाली संघको आयोजनामा गजुरेलसहितको टोली ‘दुई थोपा हाँसो’ जान लागेको हो ।उक्त कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, लक्ष्मण गाम्नाङ्गे, योग गुरु डा।राजु अधिकारी, व्यंग्य कवि टंक आचार्य जाने भएका छन् ।

फेब्रुअरी महिनालाई ‘जनचेतना महिना’ को रुपमा मनाउने योजना अनुसार नेपाली राजदूतावास अबुधाबीको संयोजन, सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ कार्यक्रम गर्न लागिएको एनआरएन युएईले जनाएको छ । ‘दुई थोपा हाँसो’लाई हास्य व्यंग्य र योगसहितको जनचेतनामुलक कार्यक्रम भनिएको छ ।

१ फेब्रुअरीमा अबुधावीबाट सुरु हुने गजुरेलको दुबई यात्रा दुई तारेखमा अलऐन, तीन तारेखमा सारजहाँ, चार तारेखमा दुबई र पाँच तारेखमा फुजेरामा पुग्ने आयोजक गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युएईले जानकारी दिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top