दुर्घटनामा परिन 'साईली'

मनोरञ्जन माघ १४ २०७४ ekhabarnepal
Download %282%29

काठमाडौं माघ १४ ,
पछिल्लो समय हेमन्त रानाको ‘साईली’ गितमा अभिनय गरेर अझै बढी चर्चा कमाएकी मेनुका प्रधान दुर्घटना परेकी छिन् । नेपाली चलचित्र आफनो अब्बल अभिनय गर्ने नायिकाको रुपमा लिईने मेनुका प्रधान सडक दुर्घटनामा परेकी हुन् ।

हाल ‘शेरबहादुर ‘चलचित्रको प्रमोसनमा रहेकी मेनुका सोही चलचित्रको प्रेसमिटबाट फर्किदै गर्दा उनको स्कुटीलाई बाईकले ठक्कर दिँदा उनको दाहिने खुट्टा भाँचिएको छ ।

प्रमोसन सकेर फर्किने क्रममा समयमा दुर्घटनमा परेकी मेनुका केही तनावमा छिन् । दुर्घटना लगत्तै अस्पताल लगिएको मेनुकालाई डाक्टरले कम्तीमा पनि तीन महिना रेस्ट गर्न सुझाब दिएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top