माघ १२,
पद्मावत फिल्म एक जादू हो । लामो समयको विरोधका बाबजुद पनि सञ्जय लीला भन्सालीको बहु–प्रतिक्षीत फिल्म ‘पद्मावत’ रिलीज भएको छ । फिल्मको विषयलाई लिएर सुरु भएको बिरोध साम्य हुने छाँटकाँट देखिदैन ।
तर फिल्म हेरिसकेकाहरुले भने ‘पद्मावत’ का कलाकार र फिल्म निर्देशक भन्सालीको खुलेर प्रशंसा गरेका छन् ।
उनीहरुले फिल्मको विषयमा बिरोध गर्नु पर्ने कुनै पनि बिषयलाई फिल्ममा नराखिएको दावी समेत गरेका छन् । फिल्मको रिलीजभन्दा अघि स्क्रीनिङका दौरान ‘पद्मावत’ हेरेकी बलिउडको पछिल्लो पुस्ताकी चर्चित अभिनेत्री आलिया भट्टले फिल्मको बिपक्षमा भइरहेको बिरोध सहन नसकेर सोशल मीडियामा कयौं ट्वीट गरेकी छिन् ।
उनले आफ्नो ट्वीटर ह्याण्डलका माध्यमबाट एक–एक गरेर शाहिद कपूर, रणवीर सिँह र दीपिका पादुकोणको खुलेर प्रशंसा गरेकी छिन् । फिल्म हेरिसकेपछि सबैभन्दा पहिले आलियाले रणवीरको प्रशंसा गर्दै गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘रणवीर सिँह तपाई शानदार व्यक्ति हो । तपाईले यस्तो कसरी गर्नु भयो ? म तपाईलाई देखेर स्तब्ध छु र पद्मावत पूर्ण रुपले एक जादू हो ।’
रणवीर पछि आलियाले दीपिकाको पनि प्रशंसा गरेकी छिन् । आलियाले दीपिकाका लागि भनेकी छिन्, ‘डीपी (दीपिका) कुनै पनि व्यक्ति यति सुन्दर कसरी देखिन सक्छ ! तर सबैभन्दा बढी तपाईको हिम्मत र तपाईका आँखा र जे जति यो फिल्ममा गर्नु भएको छ ती झन बढी सुन्दर छन् ।’
रणवीर र दीपिका पछि आलियाले शाहिदको भूमिकाको प्रर्शसा गरेकी छिन् । ‘आखिरमा मेरा विशेष मित्र शाहिद कपूर ! म आश्चर्यचकित छु कि तपाईले हरेक भूमिकालाई यसरी निभाउनु हुन्छ कि ती कुराहरु कहीँ न कहीँ तपाईसँगै जोडिएको हो । उनले ट्वीट गरेकी छिन् । आलियाले फिल्मका निर्माता–निर्देशक सञ्जय लीला भन्सालीको पनि खुलेरै प्रशंसा गरेकी छिन् ।
प्राप्त प्रतिकृयाहरू