सलमान खानको नाममा ठगी गर्ने राजु थापा पक्राउ 

मनोरञ्जन माघ ११ २०७४ ekhabarnepal
Big

माघ ११, 

बलिउड अभिनेता सलमान खानको ‘बिइङ ह्यूमेन’ ब्राण्डको नेपाल विक्रेता राजु थापा क्षेत्र पक्राउ परेका छन् ।उनलाई बुधबार दरबारमार्गबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख दिवेश लोहोनीले जानकारी दिए ।

दरबारमार्गमा बिइङ ह्यूमेन क्लोथिङ स्टोर सञ्चालन गर्दै आएका थापा चेक बाउन्सको जाहेरीपछि पक्राउ परेका हुन् । उनले १५ लाख रुपैयाँको बाउन्स चेक दिएको उजुरी परेको छ ।उनले बलिउड अभिनेता खानको नाम लिएर अरुसँग पनि ठगी गरेका हुन सक्ने प्रहरीको आंशका छ । प्रहरीले अहिले बैकिङ कसुर अन्तरगत मुद्दा चलाएर अनुसन्धान अघि बढाएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top