मणिमुकुन्द रनिङ्ग कप फाईनल : उपाधीका लागि स्याङजा र नवलपरासि भिडदै

खेल माघ ७ २०७४ ekhabarnepal
12222111

 रुपन्देही माघ ७,

 रुपन्देहीको मणिग्राममा जारि दोस्रो मणिमुकुन्द रनिङ्ग कप पश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि जिल्ला भलिबल संघ स्याङजा र साविक बिजेता जिल्ला भलिबल संघ नवलपरासी भिड्ने भएका छन । तिलोत्तमा ब्यापार मेला स्थलमा जारि प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न सेमिफाईनल खेलहरुमा बिजयी हुदै प्रतियोगितामा दबै टिमले फाईनलको यात्रा तय गरेका हुन ।

शनिबारको पहिलो सेमिफाईनल खेलमा जिल्ला भलिबल संघ रुपन्देहीलाई २५/१६, २५/ २३, १८/२५, २५/२३ स्कोर गर्दै ३/१ को सेटमा पराजित गरेर स्याङजाले फाईनलमा स्थान सुरक्षित गरेको हो । त्यस्तै साबिक बिजेता समेत रहेको नवलपरासिले गुल्मिलाई २८/३०, २५/१६, २५/२० र २५/१६ स्कोर गर्दै ३/१ को सेटमा पराजित गरेर उपाधि भिडन्तका लागि स्याङजासंगको टक्कर पक्का गरेको छ ।

त्यस्तै तेस्रो स्थानका लागि आईतवार नै रुपन्देही र गुल्मि भिड्ने भएका छन । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार १ सय ११ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्धितिय हुनेले नगद ६६ हजार ६ सय ६६ सहित कप, मेडल र प्रमाण पत्र, तृतिय हुनेले नगद ४४ हजार ४ सय ४४ सहित, कप मेडल र प्रमाणपत्र साथै सान्त्वना हुनेले नगद २२ हजार २ सय २२ को साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतियोगिताको गत बिहिबार तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले उद्घाटन गरेका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top