क्रिकेटको ब्याटिङ प्रशिक्षक 'सुलक्षण कुलकर्णी'आज नेपाल आउँदै

खेल माघ ६ २०७४ ekhabarnepal
Spt55

 


माघ ६ ,
आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू खेल्ने नेपाली टिमको ब्याटिङ प्रशिक्षकका रुपमा भारतका सुलक्षण कुलकर्णी शनिबार नेपाल आउँदैछन् । 
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले ब्याटिङ प्रशिक्षकका रुपमा नेपाल पठाउने निर्णय गरेपछि कुलकर्णी नेपाल आउन लागेका हुन् ।कुलकर्णी दिउँसो १२ बजेपछि नेपाल आइपुग्ने र आइतबारदेखि नेपाली टोलीलाई ब्याटिङ प्रशिक्षण दिने क्यानका एनलिष्ट रमन शिवाकोटीले जानकारी दिए । उनी डिभिजन टू प्रतियोगिताभरि नेपाली टोलीसँगै रहनेछन् ।

नेपालले भारतका मोण्टी देसाईलाई प्रशिक्षकका रुपमा ल्याउन चाहेपनि उनले छोटो समयका लागि आउन नमानेपछि आइसिसिले कुलकर्णीलाई पठाउने निर्णय गरेको थियो । भारतको पहिलो श्रेणीका पूर्व क्रिकेटर रहेका कुलकर्णीले विभिन्न घरेलु टिमको प्रशिक्षका रुपमा काम गरेका छन् ।
नेपालले यहि माघ २५ गतेदेखि नामिबियामा हुने डिभिजन टू खेल्नेछ । डिभिजन टूमा नेपाल सहि नामिबिया, केन्या ओमान क्यानडा र युएई गरी ६ टिम छन् जसमध्ये उत्कृष्ट २ देशले विश्वकप छनौट खेल्न पाउनेछन् । 

प्राप्त प्रतिकृयाहरू

To Top