सलमान खानको फिल्म 'टाइर जिन्दा है' ले राख्यो नयाँ रेर्कड

मनोरञ्जन पौष ३० २०७४ ekhabarnepal
Tiger jinda hai

सलमान खान तथा कटरिना कैफको फिल्म टाइर जिन्दा हैले जोड तोड कमाइ गरिरहेको छ । फिल्म कमाईको रेकर्ड बनाउन लागिपरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छन् । सलमान खानको यो फिल्म ३०० करोडको क्लबमा सहभागी भइसकेको छ । 

यसपहिला सलमान खानको अन्य दुई फिल्म पनि ३०० सय करोडको क्लबमा सहभागी भएको थियो । पहिलो बजरंगी भाइजान र दोस्रो सुल्तान । टाइगर जिन्दा है ३ सय करोडको क्लबमा सहभागी भएपछि अब सलमान खान पहिलो तीन फिल्म ३ सय करोडको क्लवमा प्रवेश पाएको पहिलो अभिनेता बनेका छन् । 

फिल्मको कमाइ बारे जानकारी दिने भारतीय विश्लेषक तरुण आदर्शका अनुसार सलमानको टाइगर फिल्मको कमाइ ३२० करोड नजिक पुगेको छ । शनिकारको कमाइसमेत मिलाउँदा फिल्म ३२१ करोडको पार भएको उनको भनाइ छ । 

प्राप्त प्रतिकृयाहरू

To Top