परासी पुस १८,
बलिउड अभिनेत्री मनीषा कोइरालाले क्यान्सर जस्तो रोगलाई आफूले मनोबल उच्च राखेर जित्न सफल भएको बताएकी छन् । आफूले प्राकृतिक उपचार विधि अवलम्बन गरेको उनको भनाई छ ।
नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयको अवलोकनपछि उनले यस्तो बताएकी हुन् । उनलाई हेर्न ठूलो भिड नै लागेको थियो ।
चिकित्सालयमा परिवारसहित आएकी मनीषाले आफ्ना प्रशंसकहरुको माया अहिले पनि उस्तै रहेको भन्दै खुसी व्यक्त गरिन् ।
प्राप्त प्रतिकृयाहरू