इपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै

खेल पौष ६ २०७४ ekhabarnepal
Epl

काठमाडौं, ६ पुस– एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा ललितपुर प्याट्रिएट्स  भैरहवासँग भिड्दैछ भने दोस्रो खेल चितवन टाइगर्स र काठमाडौं किंग्सबीच हुनेछ ।
बुधबार भएको खेलमा भैरहवा ग्लाडिएटर्सले विजयी सुरुवात गरेको छ । भैरहवाले काठमाडौं किंग्स इलाभेनलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

हिजै भएको पहिलो खेलमा विराटनगर वारियर्सले पोखरा राइनोजलाई ३ विकेटले पराजित गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top